कोटेश्वरबाट नेपाल पक्षका नेताहरु फर्किएपछि एमाले कार्यदल बैठक सुरु – Nagarikabhiyan : National News

कोटेश्वरबाट नेपाल पक्षका नेताहरु फर्किएपछि एमाले कार्यदल बैठक सुरु

काठमाडौँ । नेकपा एमाले कार्यदलको बैठक सुरु भएको छ । विहान ८ बजेका लागि बैठक बस्ने भनिएपनि वरिष्ठ नेपाल माधव नेपाल पक्षीय कार्यदल सदस्य आन्तरिक छलफलमा जुटेपछि ढिलागरी बैठक सुरु भएको हो ।

नेता नेपालको निवासमा एक घण्टा छलफल गरेर उनीहरु सिंहदरबार पुगेपछि बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली पक्षीय कार्यदलका सदस्यहरु ८ बजे नै बैठकस्थल पुगिसकेका थिए । आजको बैठकले सहमतिको मस्यौदा तयार तयार गर्ने कार्यदल सदस्यको दाबी छ ।