अमेरिकामा यसरी खुलिन् सुहाना – Nagarikabhiyan : National News

अमेरिकामा यसरी खुलिन् सुहाना

अभिनेत्री झरना थापाकी छोरी सुहाना थापा अमेरिकामा छिन् । चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन सकेपछि उनी आमा झरना थापा र पिता सुनिल कुमार थापासँगै अमेरिका पुगेकी हुन् । सुहाना लामो समयदेखि अमेरिकामा नै अध्ययन गरिरहेकी छिन् ।

चलचित्र ‘ए मेरो हजुर ४’ यो बर्षको भदौ १८ गतेबाट रिलिज गर्ने योजना बनाइएको थियो । तर कोरोना भाइरसको कारण हलहरु खुल्ने टुंगो छैन । कोरोनाको दोश्रो लहरका कारण चलचित्र हलहरुमा चलचित्र सञ्चालन नहुने भएको छ । परिवारसंग अमरिकामा रहेकी सुहानाले सामाजिक संजालमा अमेरिकामा घुमफिरका तस्वीर पोष्ट गरेकी छिन् ।