जसपाका अध्यक्ष उपेन्द्र यादव र अध्यक्ष महन्थ ठाकुर पुुगे निर्वाचन आयोग – Nagarikabhiyan : National News

जसपाका अध्यक्ष उपेन्द्र यादव र अध्यक्ष महन्थ ठाकुर पुुगे निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगमा आधिकारिकता दाबी गरेकाजनता समाजवादी पार्टीका दुवै पक्षहरु छलफलको लागि निर्वाचन आयोगको कार्यालय पुगेका छन् ।

जसपाका अध्यक्ष द्वय उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई छलफलका लागि आयोगले बोलाएको समयानुसार बिहान ११ बजे कान्तिपथ पुगेका हुन् ।आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार राजनीतिक दलसम्बन्धी ऐनको प्रावधान अनुसार दुवै पक्षलाई सहमतिको प्रयासका लागि छलफलमा बोलाइएको हो ।

जसपाका स्रोतका अनुसार अध्यक्ष ठाकुर पक्षबाट ठाकुरसहित लक्ष्मणलाल कर्ण, सुरेन्द्र झा, केशव झासहित दुई कानुन व्यवसायी र अर्का अध्यक्ष यादव पक्षबाट यादवसहित, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, नेता राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव र प्रकाश अधिकारी आयोग गएका छन् । जसपा अध्यक्ष यादव र ठाकुर दुवै पक्षले एक अर्कालाई यसअघि नै कारबाही गरेका छन् ।यादवले ठाकुरसहितका ४ जना नेतालाई पार्टीबाट निष्कासन गर्नुभएको भने ठाकुरले पनि यादवलाई पार्टीबाट निष्कासन गरेको घोषणा यसअघि गरेका थिए ।

यादवले ठाकुरसहितका ४ जना नेतालाई पार्टीबाट निष्कासन गरेका छन्। ठाकुरले पनि यादवलाई पार्टीबाट निष्कासन गरेका छन्।५१ सदस्यीय कार्यकारिणी समितिका बहुमत सदस्यको हस्ताक्षरसहित कारबाही गरेको पत्र यादवले बुझाएका छन्।ज्योतिन्यूज