कोपा अमेरिका : बोलिभियालाई २-०ले हराउँदै उरुग्वे क्वाटरफाइनलमा – Nagarikabhiyan : National News

कोपा अमेरिका : बोलिभियालाई २-०ले हराउँदै उरुग्वे क्वाटरफाइनलमा

एजेन्सी । उरुग्वे कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज (शुक्रबार)बिहान भएको खेलमा बोलिभियालाई २-० गोल अन्तरले पराजित गर्दै उरुग्वे क्वाटरफाइनलको यात्रा तय गरेको हो ।

उरुग्वेको जितमा एडिन्सन काभानीले एक गोल गरे । एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको ४० औं मिनेटमा बोलिभियाका कार्लोस लाम्पेको आत्मघाती गोलबाट उरुग्वेले सुरुवाती अग्रता बनाएको थियो ।

त्यसपछि खेलको ७९ औं मिनेटमा काभानीले गोल गर्दै उरुग्वेलाई २-० को जित दिलाए । यस जितसँगै उरुग्वेले ३ खेलमा ४ अंक जोडेको छ । समूह ‘ए’ को उरुग्वे चौथो स्थानमा छ । बोलिभिया अंकबिहीन रहदै पुछारमा छ । बोलिभिया प्रतियोगिताबाट समेत बाहिरिएको छ ।