युरोकप : स्कटल्यान्डलाई पराजित गर्दै क्रोएसिया नकआउट चरणमा प्रवेश – Nagarikabhiyan : National News

युरोकप : स्कटल्यान्डलाई पराजित गर्दै क्रोएसिया नकआउट चरणमा प्रवेश

काठमाडौं । क्रोएसिया युरोपेली च्याम्पियनसिप अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको समूह डी अन्तर्गतको अन्तिम खेलमा स्कटल्यान्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै क्रोएसिया नकआउट चरणमा प्रवेश गरेको हो ।

कोएसियालाई जित दिलाउन निकोला भ्लासिच, लुका मोड्रिच र इभान पेरिसिचले एक एक गोल गरे । स्कटल्याण्डका कलुम म्याकग्रिगोरले एक गोल फर्काए । ह्याम्पडेन पार्कमा पेरिसिचको पासमा निकोलाले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए ।

खेलको ४२ औं मिनेटमा कलुमले गोल गर्दै स्कटल्याण्डलाई १-१ गोलको बराबरीमा फर्काए । युरोमा स्कटल्याण्डको यो पहिलो गोल हो ।

खेलको ६२ औं मिनेटमा कप्तान मोड्रिचले गोल गर्दै क्रोएसिया २-० को अग्रता दिलाए  । माटियो कोभासिचको पासमा उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे । त्यसपछि खेलको ७७ औं मिनेटमा पेरिसिचले मोड्रिचको पासमा गोल गर्दै क्रोएसियालाई ३-१ को जित दिलाए ।

यस जितसँगै समूह ‘डी’ को क्रोएसियाले ३ खेलमा ४ अंक जोड्यो । र, समूह उपविजेता बन्यो । स्कटल्याण्ड भने प्रतियोगिताबाट बाहिरिएको छ । स्कटल्याण्ड १ अंक जोडेर समूहको पुछारमा रह्यो ।