१ करोड ७५ लाख पुरस्कारको खेलमा ७ वटा नेपाली टिम प्रतिस्पर्दा गर्दै – Nagarikabhiyan : National News

१ करोड ७५ लाख पुरस्कारको खेलमा ७ वटा नेपाली टिम प्रतिस्पर्दा गर्दै

काठमाडौं । बिहीबारदेखि पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एशिया च्याम्पियनशिप २०२१ शुरू भएको छ । आउँदो आइतबारसम्म सञ्चालन हुने पीएमपीएल साउथ एशिया च्याम्पियनशिप २०२१ मा नेपालसहित विभिन्न देशका १६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

यस प्रतिस्पर्धाको पुरस्कारको राशि १ करोड ७५ लाख बढी नेपाली रूपैयाँ रहेको छ । यो पुरस्कारको राशि मोबाइल इ-स्पोर्टसको इतिहासमै उच्च हो ।

यस प्रतियोगिताका १६ प्रतिस्पर्धी टिम मध्ये  ७ वटा टिम नेपालका छन् । जसमा डिआरएस गेमिङ, सेभेन सी इस्पोर्ट्स, डेडआइज गाइज, ट्रेन्ड टु किल, हाई भोल्टेज, पीएन क्रु र स्काई लाइट गेमिङ रहेका छन् ।

त्यस्तै यो प्रतिस्पर्धामा बंगलादेश, पाकिस्तान, मंगोलिया, ताइवान, हङकङका लगायतका टिमले पनि प्रतिस्पर्धा गर्नेछन् ।

पीएमपीएल साउथ एशिया च्याम्पियनशिपका लागि योग्य टोलीहरू:

1.) Skylightz Gaming (PMPL SA Season 2 Winner)

2.) DRS Gaming

3.) ZEUS Esports

4.) 7Sea Esports

5.) Deadeyes Guys

6.) Trained to Kill

7.) Team 1952

8.) High Voltage

9.) StalwartxFlex

10.) PN Crew

11.) Lit Esports

12.) Nightmare

13.) INV Esports

14.) SD Gaming

15.) Astra Academy

16.) APES INC