विश्वकप छनोटमा आज नेपालले अष्ट्रेलियासँग खेल्दै – Nagarikabhiyan : National News

विश्वकप छनोटमा आज नेपालले अष्ट्रेलियासँग खेल्दै

काठमाडौं । सन् २०२२ तथा एसियन कप सन् २०२३ छनोटको अन्तिम खेलमा नेपालले आज अस्ट्रेलियासँग खेल्दैछ । खेल कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा राति पौने १० बजे हुनेछ ।

नेपाल अबदुल्लाह अलमुताइरीको प्रशिक्षण र किरण चेम्जोङको कप्तानीमा युवा खेलाडीको बाहुल्यता रहेको टोलीका साथ मैदानमा उत्रिनेछ । प्रशिक्षक अलमुताइरीले आजको खेलमा अन्य युवा खेलाडीले पनि मौका पाउन सक्ने कुरा बताएका छन् ।

यसअघि भएको भेटमा नेपाल अस्ट्रेलियासँग ५-० ले पराजित भएको थियो । त्यसैगरी छनौटका अन्य खेलहरुमा चाइनिज ताइपेईलाई पराजित गर्दा जोर्डनसँग पराजित भएको थियो ।

नेपालको सन् २०२२ को विश्वकप फुटबलमा छनोट हुने सम्भावना भने सकिइसकेको छ । यद्यपि नेपालको एसियन कपमा छनौट हुने आशा भने जीवितै रहेको छ ।