कर तिर्नुपर्ने ताकेता फिर्ता लेऊ : कांग्रेस – Nagarikabhiyan : National News

कर तिर्नुपर्ने ताकेता फिर्ता लेऊ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले कर तिर्नुपर्ने ताकेता फिर्ता लिन सरकारसँग माग गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दैै लेर सभापति शेरबहादुर देउवाले यही जेठ २५ भित्र कर तिर्नुपर्ने ताकेता फिर्ता लिन माग गरेका हुन्।

सरकारलाई करसम्बन्धी ताकेता फिर्ता लिएर समयावधि थप गर्नसुझाव दिएका उनले लकडाउनले मुलुकको समग्र क्षेत्रमा परेको असरको समग्र मूल्यांकन गरेर काम गर्न पनि अपिल गरेका छन् ।

सरकारले साना-ठूला व्यवसाय क्रमश सञ्चालन गर्ने दिशामा आवश्यक पहलकदमी नगरेको देउवाको आरोप छ।