स्टेफानोस सिट्सिपास सेमिफाइनलमा
२६ जेष्ठ २०७८, बुधबार ०८:०६
एजेन्सी । पाँचौं वरियतामा रहेका ग्रीक खेलाडी स्टेफानोस सिट्सिपास फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । रुसी खेलाडी डानिल मेड्भेडेभलाई ६–३, ७–६ र ७–५ को सेटमा पराजित गर्दै स्टेफानोसले अन्तिम चारमा प्रवेश गरेका हुन् ।
स्टेफानोस लगातार तेस्रो पटक ग्राण्डसलामको सेमिफाइनलमा पुग्न सफल भएका छन् । २२ वर्षका स्टेफानोसले छैटौं वरियताका जर्मन खेलाडी एलेक्सान्डर स्वेरेभसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन् ।
स्पेनिस एलेहान्ड्रो डेविडोविक फोकिनालाई ६–४, ६–१ र ६–१ को सेटमा पराजित गर्दै स्वेरेभ पहिलो पटक अन्तिम चारमा आइपुगेका हुन् । स्टेफानोस र २४ वर्षका एलेहान्ड्रो दुवै पहिलो ग्राण्डसलाम उपाधिको होडमा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया