अक्षयकी पूर्व प्रेमिका नायिका आयशा जुल्का अहिले कहाँ गुमनाम भइन् ? – Nagarikabhiyan : National News

अक्षयकी पूर्व प्रेमिका नायिका आयशा जुल्का अहिले कहाँ गुमनाम भइन् ?

मुम्बैइ। आयशा जुल्का ९० को दशककी चर्चित नायिका मध्येकी एक थिइन् । हिन्दीबाहेक तमिल, तेलुगू र कन्नडा फिल्ममा आयशाले काम गरेकी थिइन् । तेलुगू फिल्म ‘नेति सिद्धार्थ’ बाट आयशाले आफ्नो करियरको सुरुवात गरेकी थिइन् र बलिउड उद्योगमा उनले कुर्बान फिल्मबाट डेब्यू गरिन् ।

आयशा जुल्काको करियरको सफल फिल्ममध्ये एक फिल्म ‘खिलाडी’ थियो । उक्त फिल्म सन् १९९२ मा रिलिज भएको हाे । अक्षय कुमारका लागि पनि यो फिल्म निकै महत्वपूर्ण रह्यो । यी दुबै सेलिब्रिटीको भाग्य यो फिल्ममार्फत् खोलियो ।

त्यसपछि आमिर खानको फिल्म जो जीता वही सिकन्दरमा पनि आयाशा देखिइन् । यो पनि उनको करियरका लागि हिट साबित भयो ।

फिल्म खिलाडी सुपरहिट भएलगतै अक्षय कुमार र आयशा जुल्काको अफेयरको खबर आउन सुरु भयो । अक्षय आयशासँग जीवन बिताउन चाहेको पनि बताइन्छ तर आयशा भने त्यतिबेला आफ्नो करियरमा केन्द्रीत हुन चाहन्थिन् ।