माधव -झलनाथ पक्षलाई आफ्नै समुहको पत्र: केपी ओलीलाई जोगायौँ भने हामी सिद्धिन्छौं
२१ जेष्ठ २०७८, शुक्रबार ०७:११
काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई आफ्नै समूहका चारजना नेताले ध्यानाकर्षण पत्र बुझाएका छन् ।
पत्र बुझाउनेहरूमा पोलिटब्यूरो सदस्य प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, विजय पौडेल र केन्द्रीय सदस्य राजेन्द्र राई छन् ।अब फेरि ओलीसँग मिल्ने हो भने उनीहरुको राजनीति सकिने उनीहरुको भनाई छ ।
‘केपी ओली नेतृत्वको सरकार आज संकटमा परेको छ । उनको लोकप्रियता समाप्त प्रायः छ । देशभित्रको राननीतिक शक्ति सन्तुलन उनको विपक्षमा गइरहेको छ । तसर्थ उनी विदेशी शक्तिको आडमा टिकिरहेका छन् । उनीहरुको स्वार्थका लागि काम गरिरहेका छन् र स्वदेशी तथा विदेशी दक्षिणपन्थीको प्यादा बनेर देशको संविधानमाथि आक्रमण गरिरहेका छन् भन्ने विश्लेषण हाम्रो विचार समूहकै साझा ठहर हो भन्ने देशभरिकै कार्यकर्तालाई जानकारी छ । उनी र उनका समर्थकहरु यतिबेला प्रतिगमन र देशघातको नेतृत्व गर्दैछन् । यति गम्भीर पक्षहरू जान्दा जान्दै उनको अपराधजन्य कार्यहरुलाई ढाकछोप गर्ने गरी कुनै बहानामा जोगाइदिने, पार्टीमा विद्रोह गर्ने हजाराैँ कार्यकर्ता तयार भएको बेलामा त्यसलाई तुहाइदिने, अब केपी ओलीसँग मिल्न सकिँदैन भनेर निष्कर्ष निकाली अन्य राजनीतिक दलसँग सहकार्यको थालनी गरेको दिनदेखि नै घात गर्न थाल्ने कार्यले हामीप्रतिको विश्वसनीयता र व्यक्तित्वलाई मात्र समाप्त गर्दैन, समग्र राजनीतिलाई झन दूषित बनाउने समूहको रुपमा चित्रित हुनेछौँ । हामी आफैं आफ्नो एजेण्डा छोडेर नैतिक र वैचारिकरुपले घरको न घाटको बन्ने दिशामा हिँड्न थाल्यौँ भने हाम्रो राजनीतिक स्वत्व बाँकी रहँदैन ।’ चार नेताहरुले बुझाएको पत्रमा भनिएको छ ।
हेर्नुहोस पत्र :



फेसबुकबाट तपाईको प्रतिक्रिया