राजदूत राजभण्डारीलाई लक्जेम्बर्ग नियोगको समेत जिम्मा
१९ जेष्ठ २०७८, बुधबार १५:४३
काठमाडौं । बेल्जियमका लागि नेपालका आवसीय राजदूत गेहेन्द्र राजभण्डारीलाई लक्जेम्बर्ग नियोगको जिम्मा पनि दिइएको छ ।
राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा भण्डारीलाई संविधानको धारा २८२ को उपधारा १ बमोजिम जिम्मा तोकिएको उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया