साहारा बचतद्धारा राहत
२७ चैत्र २०७६, बिहीबार ११:२२
देवानगंज चैत २७ गते / सुनसरीको देवानगञ्ज गाउँपालिकालाई साहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले राहत प्रदान गरेको छ । सहकारीले पालिकालाई २०० केजी चामल, ३० केजी दाल, २४ लिटर तेल र ५० केजी नुन प्रदान गरेको छ । सहकारीका शाखा प्रमुख अम्बिका सरणले पाकिलाका अध्यक्ष लालीप्रसाद मेहतालाई प्रदान गरेको हो । कोरोना राहत कोषका लागि राहत प्रदान गरेको सहकारीका उमाशंकर यादवले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया