पद तथा गोपनियताको सपथ
३१ बैशाख २०७८, शुक्रबार १५:३३
प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिनु भएकाे छ । शुक्रबार शीतल निवासमा आयोजना गरिएको कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई सपथ गराउनु भएकाे हाे ।
बिहीबार राति राष्ट्रपति भण्डारीले ओलीलाई संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । साथै साेही अबसरमा नवनियुक्त मन्त्रीहरूले पनि सपथ लिनु भएकाे थियाे । नवनियुक्त मन्त्रीहरूकाे यस अघिकै जिम्मेवारी ताेकिएकाे छ । यस अघि मन्त्रिमणडलमा हेरफेर हुने भनिएकाे भए पनि हाललाई साविककै मन्त्रिहरू रहनुभएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया