म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि
२९ बैशाख २०७८, बुधबार ०९:३३
एजेन्सी । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड लेष्टर सिटीसंग २–१ ले पराजित भएपछि सिटीले उपाधि जितेको हो ।
पेप ग्वार्डीओलाको टोलीले ३५ खेलमा ८० अङ्क जोड्दै लिग उपाधि पक्का गरेको हो । अन्तिम तीन चरणको खेल बाँकी रहेको अवस्थामा दोस्रो स्थानको युनाइटेडसँग १० अङ्कको अग्रता बनाएसँग उसले तीन खेलअगावै उपाधि जितेको हो ।
यो जितसंगै सिटीले पाँचौं पटक प्रिमियर लिगको उपाधि जितेको छ । यस्तै पछिल्लो चार वर्षमा सिटीले तेस्रो पटक लिग जितेको हो । दोस्रो स्थानको युनाईटेड भन्दा १० अंक माथि रहेको सिटीले ३५ खेलमा ८० अंक जोडेको छ । युनाईटेडको ७० अंक रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया