तिनठाडाहा थाममा व्यक्तिगत लगानीमा मण्डप निर्माण
२६ बैशाख २०७८, आईतवार १५:५७
सुनसरीको सदरमुकाम इनरुवा ९ बबियामा रहेको धार्मिक तथा एतिहासिक स्थल तिनठाडाहा थाममा एकजना दाताले व्यक्तिगत लगानीमा मण्डप निर्माण गर्नुभएको छ । सरकारी वेवास्थाको मारमा परेको र एउटा काम सरकारी तवरबाट सुरु भएको दुई वर्षमा पनि काम नभएको बेला इनरुवा ९ बबियाका दामोदर मेहताले आफ्नो व्यक्तिगत करिव सात लाख रुपियाँ लागतमा तिनठाडाहा थाममा मण्डप निर्माण गर्नुभएको हो ।
सामाजिक र सांस्कृति उदरदायित्व अन्तरगत मेहताले आफू व्यक्तिगत लगानीमा राजाजी डिहबार अर्थात तिनठाडाहा थाममा अष्ठयाम, विवाह र वर्षापालीबाट सर्वसधारणलाई जोगाउन समेत सक्ने गरी मण्डप निर्माण गरेको वहाँको छोरा पन्चनारायण महतोले जानकारी दिनुभयो । तिनठाडाहा थाममा व्यक्तिगत लगानीमा निर्माण गरेको मण्डपको वैशाख २४ गते उदघाटन गरिएको छ । निर्माण गर्नेमा दमोदर मेहता, सुभद्रा देवी मेहता, छोरा पन्च नारायण र कुम नारायणको नाम उल्लेख गरिएको छ ।
यो कार्य निकै उदारहणीय र बबियाका लागि नमुना काम भएको स्थानीयहरुले बताएका छन् । यसअघि थानमा भगवती माताको मुर्ती र सलहेस महाराजको मूर्ति राखिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया