कोभिड १९ विरुद्धको अभियानमा गाउँपालिका
२६ बैशाख २०७८, आईतवार १५:३०
सुनसरीको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिकाले कोभिड– १९ विरुद्धको सचेतना अभियानमा काम गर्ने निर्णय गरेको छ । कोभिड १९ लगायत विभिन्न महामारीजन्य रोगहरुको रोकथाम नियन्त्रण तथा निगरानीका लागि स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुसँगको अन्तरकृया कार्यक्रममा कोभिड– १९ विरुद्धको सचेतना अभियानमा काम गर्ने निर्णय गरेको जानकारी दिएको छ । गाउँपालिकाकी उपाध्यक्ष पुनम मेहताले गाउँबासीको सुरक्षाका लागि आफूहरुले सबै प्रकारको सहयोगको तयारी र रोग तथा महामारी रोकथानको पक्षमा रहेको बताउनुभयो । आईतबार भएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख आलम अंसारीले कोभिड १९ का कारणले अन्य रोग तथा महामारीहरु र सरुवा रोगाहरु नियन्त्रणमा समस्या रहेका बेला सरोकारबालाहरुसंग अन्तरकृया गरेर स्वास्थ्य पक्षमा काम गर्ने तयारी गरेको बताउनुभयो । वहाँले स्वास्थ्य सेवा नै पहिलो प्राथमिकता रहेको बताउनुहुदै आफूहरु नियमित स्वास्थ्य सेवा, खोप सेवा र परिवार नियोजनको सेवा सहित आईसोलेसन र होल्डित एरियाको लागि पनि प्रयासमा रहेको बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया