बालुवाटारमा नेकपा सचिवालय बैठक बस्दै ! रावल, ज्ञवाली र खतिवडालाई पनि बोलाइयो – Nagarikabhiyan : National News

बालुवाटारमा नेकपा सचिवालय बैठक बस्दै ! रावल, ज्ञवाली र खतिवडालाई पनि बोलाइयो

काठमाडौं ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक वालुवाटारमा बस्दैछ । एमसीसीको विषयमा छलफल गरी टुंग्याउन सचिवालय सदस्य झलनाथ खनाल नेतृत्व कार्यदलका सदस्यद्धय प्रदीप ज्ञवाली र भीम रावललाई समेत बोलाइएको एक सचिवालय सदस्यले बताउनुभएको छ ।

बजेट र एमसीसीको अपरिहार्यता लगायतका विषयमा थप प्रष्ट्याउन भन्दै अर्थमन्त्री युवराज खतिवडालाई पनि बोलाइएको छ ।

भारतले अतिक्रमण गरेको भूमी सहितको नक्सा जारी गरेर पार्टी र दलहरु एक ठाउँ उभिएको मौका पारेर बजेट पारित हुँदा संसदबाटै एमसीसी पास गराउने रणनीतिको कार्यान्वयनका लागि सचिवालय वैठकमा एमसीसी प्रवेश गराइएको हुन सक्ने नेकपाका एक स्थायी कमिटि सदस्यले बताउनुभयो ।

नेपाल भारत सिमा सम्बन्ध र पछिल्लो घटनाक्रम, र एमसिसी सहित आगामी बजेटको विषयमा छलफल गर्न बैठक बोलाइएको स्रोतले जनाएको छ ।