आज चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स खेल्दै
६ बैशाख २०७८, सोमबार १२:१७
काठमाडौं। आईपीएलअन्तर्गत १२औँ खेलमा आज चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स खेल्दै छन्। भारतमा जारी १४ औँ सिजनको आईपीएल खेलमा आज यी दुई टोलीबीचको नेपाली समयअनुसार साँझ ७ः४५ बजे मुम्बईको वानखडे स्टेडियममा सुरु हुनेछ। जारी सिजनमा दुवै टोलीले २–२ म्याच खेलिसकेका छन्।
यो पटक पनि चेन्नईको कप्तान महेन्द्रसिंह धोनी छन् भने राजस्थान रोयल्सको कप्तान सञ्जु सामसन रहेका छन्। अघिल्लो म्याचमा जित हासिल गरेको चेन्नई र राजस्थान एकअर्कालाई हराउने लक्ष्यसहित मैदान उत्रिनेछन्। यी दुवै टिममा उत्कृष्ट खेलाडी छन्। त्यसकारण आजको म्याच रोमाञ्चक हुने अनुमान गरिएको छ।
राजस्थानको सम्भावित प्लेइङ–११ – सञ्जु सामसन (कप्तान – विकेटकीपर), जोस बटलर, मनन बोहरा, डेविड मिलर, शिवम दुबे, रियान पराग, क्रिस मोरिस, राहुल तेवाटिया, जयदेव उनादकट, चेतन सकरिया र मुस्तफिजुर रहमान।
चेन्नईको सम्भावित प्लेइङ– ११ – महेन्द्रसिंह धोनी (कप्तान – विकेटकीपर) ऋतुराज गायकवाड, फाफ डुप्लेसिस, मोइन अली, सुरेश रैना, अम्बाती रायडू,रवीन्द्र जडेजा, साम करन, ड्वेन ब्रावो, शार्दुल ठाकुर र दीपक चाहर।

फेसबुकबाट तपाईको प्रतिक्रिया