नेपाल, नेदरल्याण्ड्स र मलेसिया बीच त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट श्रृङ्खला आजदेखि सुरु – Nagarikabhiyan : National News

नेपाल, नेदरल्याण्ड्स र मलेसिया बीच त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट श्रृङ्खला आजदेखि सुरु

काठमाडौ । नेपाल, नेदरल्याण्ड्स र मलेसिया बीच त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट श्रृङ्खला आजदेखि सुरु भएको छ ।

आज सुरु हुने श्रृङ्खलामा नेपाल, नेदरल्याण्ड्स र मलेसिया कीर्तिपुर मैदानमा सहभागी हुँदैछन् ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्ल, नेदरल्याड्सका कप्तान पिटर सिलर र मलेसिया कप्तान फैज अहमदले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका हुन् ।

दिउँसो सवा १ बजे सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपाल र नेदरल्याण्ड्स खेल्दैछन् ।