चिनियाँ भिखारीहरु आधुनिक हुँदै दान लिन गर्‍यो डिजिटलको प्रयोग – Nagarikabhiyan : National News

चिनियाँ भिखारीहरु आधुनिक हुँदै दान लिन गर्‍यो डिजिटलको प्रयोग

एजेन्सी

चीन ।  चिनियाँ भिखारीहरु दिन प्रतिदिन आधुनिक हुँदै गएका छन् । चीनका भिखारीहरुले भिख माग्नका लागि डिजिटल भुक्तानीको प्रयोग गर्न थालेका छन् ।

चीनमा प्रविधिको तीव्र विकासका कारण मानिसहरुमा नगदको साटो बैंक कार्डबाट भुक्तानी गर्ने प्रचलन बढेको हुनाले भिख मागेर गुजारा चलाउनेहरुलाई पनि डिजिटलको असर परेका छन्।

दान गर्नेहरुको गोजीमा नगद रकम नहुने भएका कारण भिखारीहरुले दान पाउन छाडे । त्यहीँ समस्यालाई समाधान गर्नका लागि चिनियाँ भिखारीहरुले भिख माग्नका लागि डिजिटल वालेटको प्रयोग गर्न थालेका छन् ।