एमालेको संगठन विस्तार तिव्र ,वडामा पनि समिति गठन – Nagarikabhiyan : National News

एमालेको संगठन विस्तार तिव्र ,वडामा पनि समिति गठन

सुनसरीको विभिन्न नगरपालिका र गाउँपालिकामा नेकपा एमालेको संगठन विस्तारलाई तिव्र पारिएको छ । पार्टी भित्रको आन्तरीक कलहका बीचमा संस्थापन पक्ष ओली समूहले आफ्नो संगठन विस्तार अभियानलाई नगर गाउँ हुदै वडा तहसम्ममा पनि विभिन्न समिति गठन गर्ने कार्य जारी राखेको छ । ओली समूहले पार्टीको कमिटि सहित भातृ संस्थाहरुको पनि कमिटि विस्तारलाई तिव्र पारेको छ । संगठन विस्तारको क्रममा सनिबार चैत्र २८ गते नेकपा एमाले इनरुवा नगरको ६ नं वार्ड कमिटि फडिन्द्र कार्कीको अध्यक्षतामा घोषणा तथा सफत ग्रहण कार्यक्रम संम्पन्न गरिएको नगर अध्यक्ष विदुर सुवेदीले जानकारी दिनुभयो ।

नव घोषित पदाधिकारी तथा सदस्यहरुलाई सफल कार्यकालको शुभकामना सहित फुलमाला र अविर लगाएर कमिटि विस्तार गरिएको सुवेदीले बताउनुभयो । एमालेको संगठन विस्तार तिव्र वडा तहमा पुगेको बेला मधेसा भएको कार्यक्रममा जिल्ला अध्यक्ष रेवतीरमण भण्डारी, केन्द्रिय सदस्य खेमराज पोखरेल, नगर सचिव मेघराज न्यौपाने, सविना सिग्देल, दुलीचन्द चौधरी, सहितकाले गठन विस्तार अगामी निर्वाचनमा जित हासिल गर्ने गरी अभियान थालेको बताउनुभयो ।