दुहवीमा सम्पन्न डोरी तान च्याम्पीयनसिपको उपाधी एक नम्बर प्रदेशको पोल्टामा – Nagarikabhiyan : National News

दुहवीमा सम्पन्न डोरी तान च्याम्पीयनसिपको उपाधी एक नम्बर प्रदेशको पोल्टामा

सुनसरीको दुहवी नगरपालिकामा सम्पन्न तेश्रो मनमोहन अन्तराष्ट्रिय गोल्डकप डोरी तान च्याम्पीयनसिपको उपाधी एक नम्बर प्रदेशले उचालेको छ । भारतको पटनालाई पराजित गर्दै नेपालको एक नम्बर प्रदेशले उपाधी चुमेको हो । कडा प्रतिस्प्रधात्मक खेलमा गत बर्षको बिजेता टोलि भारतको पटनालाई पराजित गर्दै एक नम्बर प्रदेशले हारको बदला लिदैं उपाधी चुमेको हो । प्रतियोगिताको फेयर प्ले लुम्बिनी प्रदेशको टोलि भएको हो । उपाधि सहित प्रदेश १ ले नगद १ लाख रुपियाँ, ट्रफि मेडल तथा प्रमाणपत्र हात पारेको छ । उपविजेता बनेको भारतको पटना टोलीले नगद ५० हजार तथा ट्रफि मेडलमा चित्त बुझाएको छ ।
प्रतियोगितामा विजेता तथा उपबिजेता टोलिलाई दुहवी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदार र राखेपका सदस्य सचिब रमेश सिलवालले पुरस्कार वितरण गर्नुभयो । डोरीतान संघका केन्द्रीय उपाध्यक्ष डा.शुभाषश्री पोखरेल, केन्द्रीय सदस्य सत्यनारायण चौधरी, दुहबी नगरपालिकाका वडाध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो । डोरी तान प्रतियोगितामा नेपालका ८ टिमहरु नेपाल आर्मी, नेपाल प्रहरी,सशस्त्र प्रहरी, १ नम्बर प्रदेश, २ नम्बर प्रदेश,बागमति प्रदेश, लुम्बिनी प्रदेश, र आयोजक सुनसरी डोरी तान संघ तथा भारतको २ टोम बैशाली र पटना गरि १० टिमको सहभागिता रहेको थियो ।
१, तोरी तान्दै खेलाडी ।