लालबाबुको प्रश्न- विधेयक अधिवेशनमा एउटा पनि विधेयक पास हुँदैन? – Nagarikabhiyan : National News

लालबाबुको प्रश्न- विधेयक अधिवेशनमा एउटा पनि विधेयक पास हुँदैन?

काठमाडौं। नेकपा एमालेका सांसद लालबाबु पण्डितले विधेयक अधिवेशनमा एउटा पनि विधेयक पास हुन नसकेको भन्दै विरोध जनाएका छन्। उनले विधेयक अधिवेशन भनिने सातौं अधिवेशनमा एउटा पनि विधेयक पास हुन्छ कि हुँदैन भनेर जनताले हेरिरहेको बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘नाम विधेयक अधिवेशन भनिएको छ। एउटा पनि विधेयक पास गर्छ कि गर्दैन भनेर जनताले हेरिरहेका छन्।’

उनले संसद्‍मा ६५ विधेयक रहेको बताएका छन्। कतिपय सन्धिसम्झौताहरु अनुमोदनका निम्ति पर्खिरहेको उनले जानकारी गराएका छन्। नेपालको नागरिकता ऐन विधेयकका रुपमा पर्खेर बसिरहेको उनले बताए। उनले भने, ‘सवा लाखभन्दा बढी नागरिकता पाउने युवाहरु कुरिरहेका छन् र आँशु झारिरहेका छन्। संघीय निजामती ऐनसँग जोडिएको विधेयक यहीँ छ।’