अक्षय कुमार अस्पताल भर्ना   – Nagarikabhiyan : National News

अक्षय कुमार अस्पताल भर्ना  

काठमाडौँ ।  बलिउड अभिनेता अक्षय कुमार कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका छन् ।

 

सामाजिक सञ्जामार्फतक उनले आफू अस्पताल भर्ना भएको जनाएका हुन् । आइतबार अक्षयले आफूलाई कोरोना संक्रमण भएको खुलाएका थिए ।

आमिरसँगै दोस्रो लहरमा संक्रमित हुनेमा मनोज बाजपेयी, सतिष कौशिक, परवेश रावल, रोहित सरफ, संगीतकार बप्पी लहिरी छन् । गत वर्ष अभिनेता अमिताभ बच्चन, अभिषेक बच्चन, ऐश्वर्या रायलगायतलाई कोरोना संक्रमण भएको थियो ।  कोरोनाको दोस्रो लहर सुरु भएसँगै थुप्रै बलिउड कलाकार संक्रमित भइरहेको खबर सार्वजनिक भएका छन् ।