भीम रावलकाे नेतृत्वमा खनाल–नेपाल समूहको भेला शुरु; – Nagarikabhiyan : National News

भीम रावलकाे नेतृत्वमा खनाल–नेपाल समूहको भेला शुरु;

नेकपा एमालेको खनाल–नेपाल समूहको भेला धनगढीमा सुरु भएको छ। सोमबार निलम्बनको कारबाहीमा परेका नेता भीम रावलको नेतृत्वमा भेला सुरु भएको हो।

पार्टी पुनर्गठनको राष्ट्रव्यापी अभियान अन्तर्गत धनगढीमा भेला आयोजना गरिएको हो। नेता रावलले धनगढीको भेलाले पार्टी सुदृढीकरणमा सहयोग गर्ने बताए।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता रावललाई सुदूररपश्चिम इन्चार्जबाट हटाएर माओवादीबाट आएका लेखराज भट्टलाई सो जिम्मेबारी दिएका छन्। ओलीको निर्णयपछि सुदूरपश्चिममा रावल निकट नेता कार्यकर्ताहरु आक्रोशित छन्।

आइतबार काठमाडौँमा नेपाल समूहले समानान्तर कमिटी घोषणा गरेको थियो।