भीषण आगलागी हुँदा १ सय १५ घर जलेर नष्ट – Nagarikabhiyan : National News

भीषण आगलागी हुँदा १ सय १५ घर जलेर नष्ट

काठमाडौ ।  शनिबार दिउँसो करिब साढे ३ बजेतिर भीषण आगलागी हुँदा १ सय १५ भन्दा बढी घर जलेर नष्ट भएका छन् ।

 

बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ४ खोदवा गाउँमा भीषण आगलागी हुँदा १ सय १५ भन्दा बढी घर जलेर नष्ट भएका छन् ।  दिउँसो लागेको आगो साँझ मात्र नियन्त्रणमा आएको थियो ।  नरैनापुर, नेपालगन्ज उपमहानगरपालिका र नेपाल प्रहरीका पाँचवटा दमकलसहित, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा मिलेर आगो निभाएका लिएका हुन् ।

 

साथै आगोले जलेर तीन जना घाइते भएका छन् । उनीहरूको स्थानीय लक्ष्मणपुर अस्पतालमा उपचार भइरहेको छ । खरले छाएका र आपसमा जोडिएका घर–गोठ तथा तीव्र हावाहुरीका कारण आगलागीबाट धेरै क्षति भएको प्रहरीले जनाएको छ ।