हामी एमालेभित्र होइनौं, एमाले नै हौं – रावल – Nagarikabhiyan : National News

हामी एमालेभित्र होइनौं, एमाले नै हौं – रावल

काठमाडौं ।  नेकपा एमालेको झलनाथ खनाल–माधव कुमार नेपाल पक्षले  पार्टीको पूर्ववत् कमिटी आफूहरुले चलाएको दाबी गरेको छ ।

 

नेकपा एमालेको कलंकिमा बैठक जारी मा  खनाल–नेपाल समूहले सर्वोच्च अदालतको आदेशपछि एमालेको पूर्ववत् कमिटी आफूहरुले सञ्चालन गरेको नेता भीम रावलको जिकिर छ ।

“हामी एमालेभित्र होइनौं । एमाले नै हौं । अदालतको फैसलाले एमालेको सम्पूर्ण संरचना पूर्वत हुन्छ भनेपछि हामीले पूर्ववत् कमिटी चलाएको हौं,” उनले भने ।

एमाले विवादकाबीच खनाल–नेपाल समूह समानान्तर कमिटी गठन गरिरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले रावलसहित माधव कुमार नेपाल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गरिसकेका छन् ।

उनले थापाथलीमा सर्ने भनिएको एमालेको कार्यालयका सन्दर्भमा प्रश्न गर्दा भने, “दुगड जीलाई नै सोध्नुस् ।”