कम्युनिस्ट आन्दोलनलाई धारासायी हुन दिने छैनौं – माधव नेपाल – Nagarikabhiyan : National News

कम्युनिस्ट आन्दोलनलाई धारासायी हुन दिने छैनौं – माधव नेपाल

काठमाडौँ ।  बुधवार काठमाडौंको बुद्धनगरमा आफू निकट युवा संघ नेपालको केन्द्रीय कार्यालयको समुद्घाटन गर्दै नेता नेपालले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने अभियानमा आफू लागेको बताएका छन् ।

 

नेता नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट नयाँ उचाईमा पुर्‍याउन चाहेको बताएका छन् । कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न हुन दिने छैनौं । कम्युनिस्ट आन्दोलनलाई धारासायी हुन दिने छैनौं । कम्युनिस्ट आन्दोलनलाई विसर्जनको ठाउँमा पुर्‍याउन दिने छैनौं । यो हाम्रो सङ्कल्प हो । सबै खालका विकृति विसङ्गतिबाट मुक्त गरी क्रान्तिकारी स्वरुप दिने पक्षमा आफू रहेको पनि स्पष्ट उहाँले बताउनु भयो ।

 

हामी आमजनताको आकर्षणको केन्द्र बनाएर जनताको यो धरोहरलाई, आस्थाको पुञ्जलाई सँधैभरी जीवन्त गराउने पक्षमा छौं । गतिशील बनाउने पक्षमा छौं ।’विचार, संगठन, गतिशीलता, तार्किकता र व्यवहारमा उत्कृष्ट बन्न सके समाज परिवर्तन गर्न सकिने र आफूहरू सामाजिक न्याय सहितको आर्थिक रूपान्तरणको पक्षमा रहेको नेता नेपालले बताए ।