माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने अन्तिम तयारीमा
१८ चैत्र २०७७, बुधबार १४:५७
काठमाडौं । माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल सुरु गरेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफु निकट नेताहरुसंग सरकारलाई दिएको समर्थनबारे छलफल सुरु गरेका छन् । प्रचण्डले नेताहरु वर्षमान पुन,पम्फा भुसाल र जनार्दन शर्मालगायतसंग सरकारलाई दिएको समर्थन फिर्ता गर्नेबारे छलफल गरेको स्रोतको दावी छ ।
सत्ता समीकरणका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजावादीका नेता डा. बाबुराम भट्टराईलाई भेटेका थिए। स्रोतकाअनुसार देउवा र डा. भट्टराईसँग्को छलफल सकारात्मक भएपछि माओवादी समर्थन फिर्ता लिने तयारीमा लागेको हो। जनस्तरमा माओवादीको दोहोरो भुमिकालाई लिएर आलोचना भएपछि सरकारलाई समर्थन फिर्ता लिनेबारे माओवादीभित्र छलफल चलेको हो । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता चाँडै लिन सक्ने स्रोतको दाबी छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही दिनअघि सरकारलाई दिएको समर्थन चाँडै फिर्ता लिने बताएका थिए । नयाँ सरकार गठनका लागी प्रचण्डले मधेशवादी दल र कांग्रेसका नेताहरुसँग घनिभुत छलफल गरिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया