अमेरिकामा २ करोड २८ लाख ४४ हजार बढीले कोरोना भाइरसको संक्रमणलाई जिते – Nagarikabhiyan : National News

अमेरिकामा २ करोड २८ लाख ४४ हजार बढीले कोरोना भाइरसको संक्रमणलाई जिते

काठमाडौँ । अमेरिकामा  पछिल्लो २४ घण्टा ८८ हजार २८९ जनाले संक्रणलाई जितेका छन् ।

यो सँगै अमेरिकामा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ करोड २८ लाख ४४ हजार ५६४ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ९२५ संक्रमितको मृत्यु भएको छ । यो सँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख  ५५ हजार ९४३ पुगेको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा ४४ हजार २७८ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या ३ करोड ५ लाख ७५ हजार ४९२ नाघेको छ ।