चीनका कारण “अवतार” पुनः रिलिज, फेरि बन्यो विश्वकै सबैभन्दा बढी कमाउने चलचित्र – Nagarikabhiyan : National News

चीनका कारण “अवतार” पुनः रिलिज, फेरि बन्यो विश्वकै सबैभन्दा बढी कमाउने चलचित्र

बीबीसी 

काठमाडौं ।  चीनमा अवतार पुनः रिलिज गरिएपछि यसले एकहप्तामै लाखौं डलर आम्दानी गरिएको छ । अवतारको हालसम्मको कमाई २ दशमलब ८ अर्ब अमेरिकी डलर पुगेको छ ।

सन् २००९ मा रिलिज भएको साइन्स–फिक्सन चलचित्र ‘अवतार’ फेरि विश्वकै सबैभन्दा बढी कमाउने चलचित्र बनेको छ । यसअघि सन् २०१९ मा रिलिज भएको चलचित्र ‘एभेन्जर्सः इन्डगेम’ अवतारलाई नै पछिपार्दै विश्वकै सबैभन्दा बढी आम्दानी गर्ने चलचित्र बनेको थियो ।

चीनमा पुनः हलहरुमा चल्न दिइएपछि निर्देशक जेम्स क्यामरुनले बनाएको चलचित्र अवतार ‘एभेन्जर्सः इन्डगेम’भन्दा ४० लाख अमेरिकी डलर बढी आम्दानी गर्न सफल भएको वाल्ट डिस्नीले जनाएको छ ।