ओली पक्षमा लागेका कस-कसलाई कारवाही हुँदै ?
१ चैत्र २०७७, आईतवार १४:२८
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी आजको बैठकमा प्रधानमन्त्री केपी ओलीलाई सघाउन पुगेका नेतालाई कारबाही गर्ने प्रस्ताव लगिएको छ ।
अदालतले माओवादी केन्द्र ब्यूँताइदिएपछि पहिलो पटक बसेको केन्द्रीय कमिटी बैठकमा पार्टी अनुशासनको कार्बाहीबारेको प्रस्ताव राखिएको हो ।
ओली पक्षमामा लागेका नेताको नाम :
- गृहमन्त्री रामबहादुर थापासहितका
- उद्योगमन्त्री लेखराज भट्ट
- खानेपानी मन्त्री मणि थापा
- सिंचाइ मन्त्री प्रभु साह
- श्रम मन्त्री गौरीशंकर चौधरी
- खेलकुद मन्त्री दावा लामा
आजको बैठकमा पार्टीको नाम फर्नेदेखि पार्टी एकतासम्मका विषयमा छलफल हुने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया