केपी ओलीले मात्र ठग्ने गरेको छ, राजेन्द्र महतोको आरोप – Nagarikabhiyan : National News

केपी ओलीले मात्र ठग्ने गरेको छ, राजेन्द्र महतोको आरोप

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) ले राख्दै आएका माग पूरा भएपछि मात्रै सरकारको बारेमा सोच्ने नत्र सरकारमा जाने कुनै योजना नभएको बताएका छन् ।

जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले बुधबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै भने, ‘सरकार बनाउने कुनै योजना छैन । हाम्रो माग पूरा गराउने हो । माग पूरा भएपछि सरकारको बारेमा सोचौंला ।’ आफूहरुले राखेको माग जसले पूरा गर्छ त्यसपछि सहानुभूति हुने उनले बताउनुभयो ।

मधेस आन्दोलनको मुद्दा फिर्ता, संविधान संशोधन र
निलम्वित सांसद रेशम चौधरीको मुद्दा फिर्ता लगायतका माग पूरा हुनुपर्ने उनको भनाइ छ ।

पत्रकाहरुले राखेको प्रश्नमा महतोले भने, नेकपा एमालेसँगको सत्ता साझेदारीबारे ‘ठग्नेबाहेक केही काम गरे केपी ओलीले ? अनि केपी ओलीको नाम लिनुहुन्छ ?’ केपी ओली सरकारलाई पहिले समर्थन गरेर हेरिसकेको होइन, फेरि गर्ने त्यसै ? यी शोसक सामन्तहरुलाई सित्तैमा समर्थन गर्न जन्मिएको हो हामी ?’ सरकारलाई समर्थनमात्रै गर्ने कि नेतृत्वमा दाबी पनि गर्ने ? सरकारको नेतृत्वको दाबी गर्ने त क्षमतै भएको छैन । त्यो क्षमता जनताले दिएपछि दाबी पनि गरौंला भन्दै महतोले जिज्ञासा राखेको छ।