बिप्लव देखि देउवा सम्मको साथ ओलीलाई, दुइतिहाईको सरकार फेरी बन्ने सम्भावना छ ?
२६ फाल्गुन २०७७, बुधबार ११:४५
काठमान्डौ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपालाई एकीकरणपूर्वको अवस्थामा फर्काउने सर्वोच्च अदालतको आदेशपछि नेपालको समग्र राजनीति तरङ्गित छ ।
उक्त आदेशपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गरी अलग्गै दल कायम गर्ने प्रक्रियामा प्रचण्डसँगै उभिएका माधवकुमार नेपाल र उनको समूहका नेताहरू नेकपा एमालेमा फर्किएका छन्।
प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिनुपर्ने माग उक्त समूहले गरिरहेको थियो । पछिल्लो आदेशले संसद्को अङ्कगणित परिवर्तन गरेसँगै कुन दललाई कस्तो अप्ठेरो देखिएको छ
नेपाली काँग्रेसस् पर्ख र हेरुकै अवस्थामा
प्रमुख प्रतिपक्षी तथा संसद्को दोस्रो ठूलो दल नेपाली काँग्रेस पर्ख र हेरुको रणनीतिमा बसिरहेको देखिन्छ । यसअघि नेकपा दुई समूहमा विभाजित हुँदा उक्त दलले नेकपाको विभाजनले औपचारिकता पाएपछि मात्रै आफूले भावी सरकारको नेतृत्व सहितका विषयमा धारणा तय गर्ने बताएको थियो।
प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै प्रधानमन्त्रीले संसद्बाट विश्वासको मत लिनु उपयुक्त हुने धारणा उक्त दलले राखेको थियो । नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले अहिले नै सरकार वा सरकार बाहिरको बहसमा प्रवेश गर्ने समय नभएको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
उनले भर्खर नयाँ खेलु सुरु भएको उल्लेख गर्दै हतार गरिहाल्नु जरुरी नरहेको पछिल्लो तीन महिनाको अनुभवले सिकाएको उल्लेख गरेका छन् ।बीबीसीसँग यसअघि कुरा गर्दै काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले कुनै अर्को पक्षलाई सघाउने गरी आफ्नो दल सरकारमा नजाने बताएका थिए।
नेकपा माओवादी केन्द्रस् नयाँ समीकरण बनाउने प्रयास
नेपाल कम्युनिस्ट पार्टीको हैसियतमा बहुमत र अल्पमतको आधारबाट अलग्गै पार्टीको हैसियत हुने अवस्था सर्वोच्च अदालतको आदेशले समाप्त गरिदिएसँगै त्यसले व्यवहारिक र प्राविधिक जटिलता उत्पन्न गराएको नेकपा माओवादी केन्द्रका नेताहरू बताउँछन्।
नेकपा नेतृ पम्फा भुसालका अनुसार अदालतको निर्णयले संसद्को समीकरण फेरिएको छ र मुलुक अल्पमतको सरकारको दिशामा प्रवेश गरेको छ । उनले भनिन्, नेकपाको पूर्ण बहुमतको सरकार थियो तर अब दुई वा दुईभन्दा बढी दल मिलेर मात्रै सरकार बन्न सक्ने स्थिति बनेको छ ।
एक खालको राजनीतिक अस्थिरता हुने देखियो तर यसले अझ के के तरङ्ग पैदा गर्छ त्यो पर्खेर हेर्नुपर्छ। नयाँ सत्ता समीकरण नबनेकाले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने विषयमा कसरी अघि बढ्ने भन्नेबारे नेकपा माओवादी केन्द्र छलफलमा छ।
भुसाल भन्छिन्, ूहामीले समर्थन फिर्ता लिँदा सरकार अल्पमतमा पर्छ तर कसको सरकार बन्ने भन्ने अझै आकार लिएको छैन। त्यसो हुनाले अझै स्थिति तरल छ। हामी पर्खन्छौँ र छलफल गर्दै छौँ।
नेता रामबहादुर थापासहित ओली सरकारमा रहेका कतिपय माओवादी नेताहरू वैध ढङ्गले नेकपा एमालेमा बस्न नमिल्ने बताउँदै उनले पदीय हैसियत छाडेर नेताहरू माओवादीमै फर्कने विश्वास गरिन्।
जनता समाजवादी पार्टी नेपालस् उपयुक्त समयमा निर्णय लिने धारणा
नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा नयाँ समीकरण निर्माणमा नेपाली काँग्रेसजस्तै जनता समाजवादी पार्टी नेपालको महत्त्वपूर्ण भूमिका रहने देखिन्छ।
आफू अनुकूलको सत्ता गठबन्धन बनाउन प्रधानमन्त्री ओलीलाई जसपा नेपालको मात्रै समर्थन भए पुग्छ । ओली इतरको गठबन्धन निर्माणका लागि नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपा नेपाल पार्टी एकै ठाउँमा उभिनुपर्ने हुन्छ ।
पार्टी विभाजनपछि प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। समय आएपछि कसरी अघि बढ्ने त्यसबारे पार्टीले निर्णय लिन्छ ।आगामी दिनमा प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल अगावै चुनाव गराउने सहित सबै विकल्पमा आफ्नो दलमा छलफल हुने महतो बताउँछन्।
सत्ता भागबन्डामा आफूलाई गरिने प्रस्ताव र समय अगावै चुनाव गराउने विकल्प सहितका मुद्दाले उक्त दलले नेकपा एमाले एक्लैसँग वा काँग्रेस र माओवादी केन्द्रसँग गठबन्धन गर्ने देखिन्छ।
बिप्लव खनिए प्रचण्ड माथि
हालै प्रतिबन्ध फुकुवा भएको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तत्कालीन माओवादी नेतृत्वले लडाकू शिविर व्यवस्थापनका नाममा अरबौ रुपैयाँ अनियमितता गरेको भन्दै त्यसको हिसाबकिताब हुनुपर्ने बताएका छन् ।
विप्लवले तत्कालीन नेकपा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वलाई लक्षित गर्दै शिविरमा भएको आर्थिक अनियमितताबारे गम्भीर प्रश्न उठाएका छन् । प्रतिबन्ध फुकुवापछि गृहजिल्ला कपिलवस्तुमा सोमवार आयोजित कार्यक्रममा बोल्दै विप्लवले जनमुक्ति सेनाको पैसामाथि भ्रष्टाचार भएको विषय सार्वजनिक भएको र आफूले त्यतिखेरै पार्टीमा गम्भीर रुपमा उठाएको भए पनि बेवास्ता गरिएको बताएका छन् ।
विप्लवले आपूmहरुले पार्टीभित्र त्यस्तो बदमासी नगर्नुस् है भनेर नेतृत्वलाई सचेत गराएको स्मरण समेत गरे । ‘२० हजार जनमुक्ति सेना ब्यारेकमा बस्दा प्रतिसेना ५ हजार रुपैयाँका दरले काटियो, क्रान्तिका निम्ति भन्दै काटिएको त्यो पैसा कहाँ गयो ?
पूर्व माओवादी कमान्डर मध्येका एक विप्लवले प्रचण्डलाई सोधे, ‘थोरैको कुरा हो र रु १९ अर्ब रुपैयाँको कुरा छ, त्यसको खोजीनीति हुनुपर्छ । भ्रष्टाचारको विषय सार्वजनिक भए पनि ठोस परिणाम नआएको भन्दै विप्लवले असन्तुष्टि व्यक्त गरेका छन् ।
भ्रष्टाचार कसले गरेको हो ठोस हुनुपर्दैन रु एउटाले अर्कोलाई दोष दिएको छ,’ विप्लवले भने ।
विप्लवले शीर्ष दलले जनताको मत पाएर जनताकै अपमान गरेको बताएका छन् । उनले भने, ‘दलहरु गुटगत लडाइँमा छन् । आफ्नो गुटका लागि लडेर जनतालाई सुख हुँदैन, प्रगति हुँदैन ।’ आफूहरु शान्ति विरोधी नभएको भन्दै विप्लवले भ्रष्टाचारीको विरोधमा आवाज उठाएको बताएका छन् ।
‘भ्रष्टाचार गर्नेलाई कारबाही गर्नु गल्ती हो त रु किसानलाई सस्तोमा ऋण दिनुपर्छ भन्नु गल्ती हो त रु’ विप्लवले प्रश्न गरेका छन् । विप्लवले सरकार गठन भएको १ वर्षपछि प्रचण्डले आफ्नै पार्टीभित्र सत्तालोलुपताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग संघर्ष गरेको बताएका छन् ।
‘के त्यो संघर्ष किसान, मजदुर र श्रमिक वर्गको हकहितका लागि थियो र रु’ उनले सोधे । विप्लवले प्रचण्डले क्रान्तिलाई धोका दिएको बताएका छन् । विप्लवले भने, ‘कुनै बेला प्रचण्ड उभिएपछि देश हल्लिन्थ्यो ।
प्रचण्डले अपिल गर्दा हजारौं दिदीबहिनी आन्दोलनमा होमिन तयार थिए । हामी पनि तयार थियौं तर हामीले छोडेको २० महिनामा नै प्रचण्ड धुलोपिठो बन्न पुगे ।’
विप्लवले प्रचण्ड र बाबुराम भट्टराई हिँडेको बाटो गलत भएको बताएका छन् । ‘जुन उद्देश्यले जनयुद्ध थालियो तर प्रचण्ड र बाबुरामले जनताको सपनालाई लत्याए,’ विप्लवले भने ।
विप्लवले सरकारसँग जनमत संग्रहको माग समेत गरेका छन् । ‘संसदीय व्यवस्था फेल साबित भयो । अब पुँजीवादी व्यवस्था ठीक कि वैज्ञानिक समाजवादी ठीक भनेर व्यवस्थाका लागि जनमत संग्रह गरौं,’ उनले भने ।
सरकार र आफ्नो पार्टीबीच भएको सहमति अग्रगामी र आमजनताको पक्षमै भएको उनले स्पष्ट पारेका छन् । कतिपयले गलत ढंगले व्याख्या गरे पनि यो सहमति जनताको पक्षमा गरिएको विप्लवले दाबी गरेका छन् ।
विप्लवले आफूहरुसँग हतियार नभएको स्पष्ट पारेका छन् । ‘हाम्रो पार्टीसँग हतियार छैन । दिमाग हाम्रो वैज्ञानिक हतियार हो । कसैले हाम्रो स्वाधीनतामाथि हस्तक्षेप गर्छ भने चुप लागेर बस्दैनौं,’ उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया