पर्माका दुई खेलाडीमा कोरोना संक्रमण – Nagarikabhiyan : National News

पर्माका दुई खेलाडीमा कोरोना संक्रमण

एजेन्सी । इटालियन क्लब पर्माका दुई खेलाडीमा कोरोना संक्रमण देखिएको छ ।
आफ्ना दुई खेलाडीमा कोरोना देखिएको इटालियन सिरी ए क्लब पर्माले जनाएको छ ।

कोरोना पोजेटिभ देखिएपछि दुई खेलाडीलाई आईसोलेसनमा राखिएको छ । सोमबारबाट टिमको प्रशिक्षण गर्ने तयारी गरिरहदा पर्माका दुई खेलाडीमा कोरोना देखिएको हो ।