मेयर कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता, सन्दीपले दिए बागमती प्रदेशलाई २४४ रनको लक्ष्य – Nagarikabhiyan : National News

मेयर कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता, सन्दीपले दिए बागमती प्रदेशलाई २४४ रनको लक्ष्य

काठमाडौं ।  मेयर कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सन्दीप लामिछाने र सौरभ खनालले उत्कृष्ट पारी खेल्दा  काठमाडौं मेयर-११ ले बागमती प्रदेशलाई २४४ रनको लक्ष्य दिए । काठमाडौं  मेयर-११ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४४ रन बनाए ।

काठमाडौं मेयर-११ का लागि सौरभ खनालले सर्वाधिक ४९ रन बनाए । ५८ बल खेलेका उनले ६ चौका र १ छक्काको सहयोगमा ४९ रन बनाउन सफल भए । त्यस्तै २० बल खेलेका सन्दीपले ६ छक्काको सहयोगमा ४२ रन बनाउन सफल भए ।

सिद्धान्त लोहनीले ३४ रन बनाउँदा विपिन खत्रीले ३२ रनको योगदान गरे । बलिङतर्फ वाग्मतीका लागि नन्दन यादवले सार्वाधिक ४ विकेट लिए । त्यस्ते अरियो पौड्यल र रामनरेश गरीले समान दुई–दुई विकेट लिए । दीपेश श्रेष्ठले एक विकेट लिएको छ ।