अमिताभ बच्चनको स्वास्थ्य अवस्था बिग्रियो – Nagarikabhiyan : National News

अमिताभ बच्चनको स्वास्थ्य अवस्था बिग्रियो

एजेन्सी । भारतीय चलचित्र क्षेत्रका चर्चित अभिनेता अमिताभ बच्चनको स्वास्थ्य अवस्था बिग्रिएको छ ।

भारतीय सञ्चार माध्यमहरुले अभिनेता अमिताभ बच्चन बिग बीको स्वास्थ्य अवस्था खराब भएको बताएका छन ।

बच्चन स्वयंले आफ्नो स्वास्थ्य अवस्था बिग्रिएको सामाजिक सञ्चाल मार्फत पुष्टि गरेका छन ।

शनिबार बच्चनले ब्लगमार्फत आफ्नो स्वास्थ्य अवस्था खराब भएको र सर्जरीको तयारी भैरहेको बताएका थिए ।

उनले लेखेका छन “मेडिकल कण्डिसन……सर्जरी…….धेरै केही लेख्न सक्दिन ।”

बच्चनले आफ्नो स्वास्थ्यमा कस्तो खराबी आएको भन्ने बारे केही खुलाएका छैनन ।