ओली समूहको तयारी के थियो र के भएन
१४ फाल्गुन २०७७, शुक्रबार १३:००
काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटन गर्ने निर्णय बदर गरिदिएपछि बालुवाटार मा बसेको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले सुनाएको स्रोतका अनुसार, राजीनामा नदिने निष्कर्ष ओलीले बताउनु भएको थियो ।
एक नेताका अनुसार संसद् विघटनपछि ओली समूहले मूलतः चार निर्णय सार्वजनिक गरेको थियो । ति निर्णय यी हुन् , “सर्वोच्च अदालतको फैसला स्वीकार्ने, केन्द्रीय कमिटी र संसदीय दलको बैठक चाँडै बोलाउने, देशभर भइरहेका सभाहरु नरोक्ने र अदालतको आदेशअनुसार निर्धारित मितिमै संसद् अधिवेशन बोलाउने निर्णय भएको थियो” ती नेताले भने । बरू सम्भावित घटनाहरुको सामना गर्दै जाने निष्कर्ष ओलीले बैठकमा पनि सुनाएका थिए । आफूलाई हटाउने बैठक बोलाउनै हुन्न । संसदीय दलको बैठक राखेर बहुमतबाट हटाए पनि नमान्ने यो समूहको तयारी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया