राज्य मन्त्री योगेन्द्रराय यादवको आरोप : प्रदेश प्रमुख राजेश झाको असंवैधानिक गतिविधि हुँदै ! – Nagarikabhiyan : National News

राज्य मन्त्री योगेन्द्रराय यादवको आरोप : प्रदेश प्रमुख राजेश झाको असंवैधानिक गतिविधि हुँदै !

काठमाडौ : प्रदेश नम्बर २ को सत्तारुढ जसपाको यूवा संगठनका अध्यक्षसमेत रहेका प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्रराय यादवले प्रदेश प्रमुख राजेश झाले असंवैधानिक क्रियाकलाप गतिविधि गर्दै आरोप लगाएको बताए ।

राज्यमन्त्री यादवले भने :- “प्रदेश प्रमुख झाले प्रदेश सरकारविरुद्ध गम्भीर षड्यन्त्र गर्दै राष्ट्र सेवक कर्मचारीहरुलाई सरकार विरोधी कार्य गर्न निर्देशन दिएको छ । प्रदेश सरकारका मुख्यसचिव, सचिव, अधिकृत लगायत लाई शिष्टाचार भेटघाटको नाममा प्रदेश सरकारलाई असहयोग गर्ने गरि दिइएको निर्देशनप्रति गम्भीर ध्यानाकर्षणसँगै घोर भत्र्सना गर्दछु” । प्रदेश प्रमुख झाले संघीयता विरोधी चरित्र देखाउँदै प्रदेश प्रमुखको कार्यालयमा बोलाएर संघीयता विरोधी क्रियाकलाप गर्नु भएको यस घटनाप्रति मेरो आपत्ति छ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका असंवैधानिक कदम उल्ट्याइदिएको भन्दै प्रधानमन्त्री ओलीले पुस ५ गतेयता गरेका हरेक निर्णय र नियुक्तिहरु समेत बदर हुने भएकोले तत्काल खारेजीको माग गरेको छ । मन्त्री यादवले समाजिक संजालमा यस्तो लेखेका छन्।