आफूहरुबिरुद्ध ठुलै षडयन्त्र गर्न सक्ने भन्दै देउवाको कुरापछि निरास बने प्रचण्ड–माधव
१३ फाल्गुन २०७७, बिहीबार १३:०७
काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनालगत्तै लड्डु बाँडेर खुसियाली मनाउनु भएका नेकपा प्रचण्ड–माधव समुहमा फेरि निरासा छाएको छ । अदालतको फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाइने भयो भन्दै खुसियाली मनाउनु भएका प्रचण्ड र माधव कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेपछि निरास बन्नुभएको हो ।
अदालतको फैसलापछि सोमवार देउवा निवास बुढानिलकण्ठ पुग्नुभएका दुवै नेतालाई देउवाले कानूनी रुपमा नेकपा एउटै रहेको र सहकार्य गर्दा बिगतमा पाएको धोकालाई नबिर्सेको बताएपछि दुवै नेता निरास बन्नुपरेको हो । स्रोतका अनुसार सोमवार भएको भेटमा देउवाले प्रचण्डलाई ‘तपाईं जस्तो धोकेवाजसँग फेरि सहकार्य गर्ने कि नगर्ने ?’ भन्दै जवाफ फर्काउनु भएको थियो ।
ओलीलाई नहटाए आफूहरुबिरुद्ध ठुलै षडयन्त्र गर्न सक्ने भन्दै प्रचण्डले पहिला ओली हटाउन अबिश्वासको प्रस्तावलाई पारित गरौं, त्यसपछि तपाई प्रधानमन्त्री बन्नुहोला भनेर ललिपप देखाउनु भएको थियो । देउवाले भने प्रधानमन्त्रीबिरुद्ध संसदमा अबिश्वासको प्रस्ताव लैजाँदा नै प्रधानमन्त्रीको उम्मेद्वार दिनुपर्ने र त्यो काम प्रचण्ड आफैले गरिसकेको भन्दै फेरि झुट कुरा नगर्न सचेत गराउनु भएको थियो ।
‘ओली फालेर म आफै प्रधानमन्त्री हुन्छु भन्दै प्रस्ताव लानुभएको छ, अहिले मलाई छक्याउने कुरा गर्ने ? पहिला पनि धोका भइसक्यो, अव फेरि धोका खानु छैन,’ प्रचण्डलाई देउवाको भनाई उधृत गर्दै स्रोतले भन्यो । यस्तै देउवाले आफ्नो पार्टीमा जसरी कांग्रेसभित्र नेतापिच्छे खेल्ने काम नगर्नसमेत सचेत गराउनु भएको थियो । प्रचण्डले कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने भन्दै कानमा चिनी हालेपछि देउवाले यस्तो कुरा उठाएको स्रोतको भनाई छ । केही समयअघि देउवाले सार्वजनिक रुपमा नेकपाभित्रको समस्याले कांग्रेसमा पनि समस्या पार्न थालेको बताउनु भएको समाचार जनता टाइम्समा छ।
देउवाको यस्तो कुरा आएपछि प्रतिनिधिसभा पुनःस्थापनासँगै देशभर बिजयउत्सव मनाउँदै एकअर्कालाई लड्डु खुवाउनु भएका प्रचण्ड र माधव ओली फाल्न नसकिने भयो भन्दै निरास हुनुभएको छ । आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जसरी पनि हटाउने अभियान चाल्दा पार्टी नै बिभाजन भएपनि कानूनी मान्यता नपाएको अवस्थामा सरकार गठन हुन नसक्ने र बिगतको धोकाका कारण कांग्रेस सभापति शेरबहादुर देउवाले पनि ‘अव फेरि धोका खाने काम गर्दिन’ भन्दै फिर्ता पठाएपछि प्रचण्ड र माधव निरास बन्नुभएको हो ।
बुढानिलकण्ठ स्रोतका अनुसार भारतको योजना ओली फाल्ने र आफूलाई पनि प्रधानमन्त्री हुन नदिने रहेको बिषयमा देउवा प्रष्ट हुनुहुन्छ । भारत आफ्ना तीन बिश्वासपात्र डा. बाबुराम भट्टराई, महन्त ठाकुर वा माधवकुमार नेपालमध्ये एकलाई प्रधानमन्त्री बनाउने योजना बनाएरै कांगेसभित्र र नेकपामा खेलिरहेको सूचना पनि देउवाले पाइसक्नु भएको स्रोतको भनाई छ ।
देउवाको कुरा भन्दा आफना थुप्रै सांसद प्रधानमन्त्री ओलीतिर नै लाग्ने त्रासले पनि प्रचण्ड र माधवलाई सताउन थालेको छ । सोही कारण उहाँहरुले काठमाडौं नछाडन भन्दै सांस्दलाई निर्देशन दिनुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया