सरकारलाई सुझाव ‘जनजीवन सामान्य बनाउने बेला भएको छैन’ – Nagarikabhiyan : National News

सरकारलाई सुझाव ‘जनजीवन सामान्य बनाउने बेला भएको छैन’

काठमाडौं । विभिन्न क्षेत्रका विज्ञहरुले लकडाउन बढाउनुको विकल्प नरहेको सुझाव सरकारलाई दिएका छन्।

उच्चस्तरीय समन्वय समितिको बैठकमा सहभागी भएका विज्ञहरुले विश्वभरी नै लकडाउनको अभ्यास गरिएको सुझाव दिएका हुन्। समितिको बैठकमा अति आवश्यक सेवा बाहेक अरु क्षेत्रमा कडाई गर्नुपर्ने सुझाव आएको थियो।

अहिले कोरोनबाट मुक्त भयौँ भन्ने तरिकाले जनजीवनलाई सामान्य गर्ने बेला नभएको निष्कर्ष बैठकले निकालेको छ।

बैठकमा लकडाउनको मोडालिटी परिवर्तन गर्दै कोरोना रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउने विषय तथा अहिले सरकारले अवलम्बन गरेको तरिकाबारे समितिले विज्ञहरुसँग छलफल गरेको थियो।

छलफलमा आएका सुझावबारे समिति निकट स्रोतले भन्यो, ‘देश अनुसार लकडाउनका मोडल फरक होलान् तर सबैले गर्ने भनेको लकडाउन, ट्रेसिङ, ट्रयाकिङ र टेष्टिङ नै हो। धेरै आत्तिनपर्ने बेला भएको छैन तर होसियारी अपनाउनुपर्छ।’

आजको बैठकमा प्राध्यापक डा भगवान कोइराला,पूर्व राजदुत महेश मास्के, अधिकारकर्मी रेणु राजभण्डारी, पोषणविद अरुणा उप्रेती, चिकित्सा संघ र नर्सिङ काउन्सिलका प्रतिनिधि लगायत सहभागी थिए।

उनीहरुले क्वारेन्टाइन बढाउनुपर्ने, स्वास्थ्यकर्मी, जनशक्ति बढाउनुपर्ने, स्वास्थ्य उपकरण र सामाग्रीको पर्याप्त जोहो गर्नपर्ने स्तरीय क्वारेन्टाइन बनाउनुपर्ने लगायतका सुझाव दिएका थिए।

बैठकमा विभिन्न क्षेत्रका विज्ञहरुबाट सुझाव लिइएको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले सेतोपाटीलाई बताए।
उनले जापान र हङकङको भिषा भएका नेपालीहरुलाई त्यसतर्फ जान अनुमति दिइएको समेत बताए।

अहिले सम्म सरकारले गरेका कामहरुको विज्ञहरुले प्रशंसा गरेको र अरु प्रभावकारी कदम चाल्न सुझाव दिएको पर्यटनमन्त्री योगेश भट्टराईले बताए।

ुविज्ञहरुले विभिन्न खालका सुझाव दिनुभएको छु मन्त्री भट्टराइले सेतोपाटीसँग भने,ुविज्ञहरुको सुझावका आधारमा राष्ट्रिय,अन्तराष्ट्रिय सबै कुरालाई ध्यान दिएर अब उच्चस्तरीय समन्वय समितिले आगामी दिनमा कोरोना रोकथामका लागि एउटा ठोस प्रस्ताव बनाएर मन्त्रिपरिषदमा पेश गर्छ। सेतोपाटीबाट