वन मन्त्रालयको सहयोगमा माक्स र साबुन – Nagarikabhiyan : National News

वन मन्त्रालयको सहयोगमा माक्स र साबुन

इनरुवा, चैत २४ गते । प्रदेश १ को उद्योग, पर्यटन, वन तथा वतावरण मन्त्रालयको सहयोगमा सुनसरीको कोशी गाउँपालिका १ र २ मा सर्वसधारणलाई कोरोना भाईरसबाट जोगिन माक्स र साबुन वितरण गरेको छ ।
कोशी गाउँपालिकाको लौकही र पश्चिम कुशाहाका सर्वसधारणलाई लकडाउनको समयमा व्यक्तिगत स्वास्थ्य सुरक्षाका लागि भन्दै ४०० थान साबुन र ८०० थान माक्स वितरण गरेको हो ।
कोशीका सर्वसधारणलाई कोरोना भाईरसबाट जोगिन माक्स र साबुन सहित वडा कार्यालयको नजिकै २०० लिटर पानी अट्ने ट्यांकी समेत प्रदान गरेको आयोजक सामुदायिक विकास मञ्च सुनसरीले जनाएको छ । वडा अध्यक्षसंगको समन्वयमा ट्याकीं , माक्स र साबुन वितरण गरेको मञ्चका अध्यक्ष अनिता उराँवले जानकारी दिनुभयो ।