रामचन्द्रले होच्याएपछि सानेपामा जंगिए देउवा, ओलीलाई पनि काउन्टर! – Nagarikabhiyan : National News

रामचन्द्रले होच्याएपछि सानेपामा जंगिए देउवा, ओलीलाई पनि काउन्टर!

काठमाडौं । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच नोकझोंक चलिरहन्छ । बेलाबेला समाचारमा आइरहन्छ ।

बुधवार बेलुका बसेको केन्द्रीय कार्यसमितिको बैठकमा पनि दुबै नेताबीच चर्काचर्की पर्यो । संसद विघटनविरुद्ध आन्दोलन गर्ने कि नगर्ने तथा सभापति मौन रहेको विषयमा चर्काचर्की भएको हो ।

बैठकमा सहभागी नेताहरुका अनुसार पौडेलले देउवालाई जिब्रो चपाएर कुरा गरेको भन्दै होच्याएपछि देउवा बैठकमा जंगिए । संसद विघटनलाई असंवैधानिक भनेको र यसको संवैधानिक बाटो भनेको पुनःस्थापना भएको भन्दै बैठकमा पौडलले सभापतितर्फ लक्षित गर्दै हामीले जिब्रो चपाएर कुरा गर्नुहुँदैन भनेका थिए ।

यति मात्रै होइन उनले विघटन विरुद्धको आन्दोलनको नेतृत्व कांग्रेसले लिनुपर्ने भने । पौडेल यतिमै रोकिएनन् सभापतिजी र र प्रधानमन्त्री ओलीबीच सेटिङ भएको कुरा बाहिर आएको छ।

प्रष्ट पार्नैपर्छ भनेपछि देउवाले सहन सकेनन् र भनिहाले, ‘ओली जे गरे त्यो गलत छु भनिसकेको छ त के कुरा चपाए? जे पायो त्यहीँ भन्ने? ओलीले बनाएर म प्रधानमन्त्री बन्छु र?

कुरा गर्नुहुन्छ यार।’ देउवाले विघटन असंवैधानिक भएको भए पनि चुनावबाट कोही भाग्न नसक्ने जवाफ पनि पौडेललाई दिए ।