चलचित्र ‘रानीमहल’को फस्र्ट लुक पोस्टर सार्बजनिक
१ जेष्ठ २०७७, बिहीबार १६:१२
काठमाडौं । चालचित्र ‘रानीमहल’को फस्र्ट लुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा चलचित्रका मुख्य कलाकारहरु प्रितम राज सेन्चुरी, मिस नेपाल निकिता चांडक, साहिल श्रेष्ठ र मानस्वी खरेललाई प्रस्तुत गरिएको छ । यस चलचित्रलाई स्वस्तिक फिल्मस्को ब्यानरमा बिमल भुसालले निर्माण गरेका हुन् ।
चलचित्रमा दिपक पौडेलको पटकथा तथा सम्बाद, निरज कंडेलको छायांकन र हिमाल के. सी.को द्वन्द निर्देशन रहेको छ । त्यस्तै चलचित्रमा हर्कुलस बस्नेत, अर्जुन पोखरेल, हरि लम्साल र निम संगीतको संगीत रहेको छ । चलचित्रमा प्रितम, निकिता, साहिल र मनस्वीको अलावा निर शाह, बि.एस.राणा, अर्जुन जंग शाही, दिपक क्षेत्री, सुष्मिता के.सी., रश्मि भट्ट, आर.बि.पन्त, बिष्णु सापकोटा, भोला शाह लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया