ओलीको राष्ट्रवादमाथि उठ्यो प्रश्न, चुइँक्क बोल्न नसक्ने के को राष्ट्रवादी ?
३० बैशाख २०७७, मंगलवार १५:१०
काठमाडौँ । नेकपाका नेता भिम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद माथि प्रश्न उठाएका छन् ।
देशको नक्सा समेत सार्वजनिक गर्न नसकेको भन्दै रावलले ओलीको राष्ट्रवाद माथि प्रश्न उठाएका हुन् । देशको नक्सा समेत सार्वजनिक गर्न नसक्ने नेतृत्वले राष्ट्रवादको कुरा गर्न नसुहाउने बताए । उनले जतिबेला भारतले सकड उद्घाटन गरेको खबर आयो, त्यही समयमा सरकारले भारतीय रादूतलाई बोलाएर कुटनीति नोट जारी गर्न नसक्नु सरकारको ठूलो कम्जोरी भएको बताए ।
सीमा मिचिएको जस्तो गम्भिर विषयमा हाम्रो राजनीतिक नेतृत्व समेत सहि ढंगले उत्रन नसकेको भन्दै रावलले अहिले सम्म सीमाका विषयमा भारतमा रहेका नेपाली राजदुत र सम्बन्धि जिल्लाको सिडियो लाई समेत बर्तमान सरकारले के भएको हो भनेर सोध्ने काम समेत नगरेकाले सरकार भारतसँग कहि न कहि चुकेको देखिएको बताए ।
उनले एउटा देशको नक्सा सार्वजनिक गर्न नसक्ने सरकारले कालापानीमा गएर सडक रोन सक्ने सम्भावना नहुने भन्दै यस्तो समयमा चुइक्क समेत बोल्न नसक्ने प्रधानमन्त्रीलाई राष्ट्रवादी भनेर कसरी भन्ने भन्दै प्रश्न गरे । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग हो भन्ने सवै प्रमाण प्रधानमन्त्रीसँंग भएको रावलको दावी छ । नेपालपानाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया