जान्हवी र अनन्याको फिल्म पनि डिजिटल प्लेटफर्मबाट रिलिज हुने – Nagarikabhiyan : National News

जान्हवी र अनन्याको फिल्म पनि डिजिटल प्लेटफर्मबाट रिलिज हुने

भारतमा लक डाउन लम्बिएको अवस्था छ । लक डाउन लम्बिदै गएपछि बलिउडका निर्माताहरु मारमा परेका छन् । यो अवस्था कहिले सामान्य हुन्छ र हलमा दर्शकको उपस्थिती हुन थाल्छ भन्ने एकिन छैन । यसैले पनि अहिले निर्माताहरुले चलचित्र रिलिजका लागि अन्य विकल्प खोज्न थालेका छन् ।

बलिउडका केही ठूला चलचित्रहरु डिजिटल प्लेटफर्ममा रिलि हुने पक्का भैसकेको छ । चलचित्र ‘लक्ष्मी बम, गुलाबो सिताबो’ लगायतका चलचित्र डिजिटल प्लेटफर्ममा रिलिज हुन लागेका हुन् ।

अब, अन्य दुई ठूला चलचित्रलाई पनि डिजिटल माध्यमबाट रिलिज गर्ने तयारी थालिएको छ ।

भारतीय मिडियाका अनुसार, नायिका जान्हवी कपुर अभिनित चलचित्र ‘गुञ्जन सक्सेना’ र नायिका अनन्या पाण्डे र नायक इशान खट्टर अभिनित चलचित्र ‘खालीपिली’लाई पनि डिजिटल माध्यमबाट रिलिज गर्न लागिएको हो ।

यी दुबै चलचित्रलाई नेटफ्लििक्सबाट रिलिज गर्न लागिएको हो । यी दुबै चलचित्रलाई जी ले निर्माण गरेको हो । जीले दुबै चलचित्रलाई डिजिटल प्लेटफर्ममा विक्री गर्नका लागि तयारी गरिसकेको छ ।

लक डाउन लम्बिने र यसले निर्मातालाई आर्थिक भार अझै थपिने भएकाले पनि बलिउडका केही निर्माताहरु डिजिटल माध्यमतर्फ आकर्षित भएका हुन् ।