नेकपाको फुटले यी लोग्ने स्वास्नीको ओछ्यान फेरियो,सत्तामा पति, पत्नीको यस्तो छ गति
२६ माघ २०७७, सोमबार १३:४७
काठमाडौँ । नेकपा विभाजनको असर ओछ्यान सम्मै पुगेको छ । श्रीमान ओली क्याम्पसमा पसेर मन्त्रीको झण्डा हल्लाउने,श्रीमती चाहिँ प्रधानमन्त्रीकै विरुद्ध सडक तताउने । यही कारण पार्टी विभाजनका कारण श्रीमान श्रीमती समेत अलग अलग बाटो हिड्न विवश भएका छन् ।
यस्तो स्थितीमा पुगेका हुन् हालै मात्र युवा तथा खेलकुद मन्त्री बनेका दावा लामा र उनकी धर्मपत्नी कुमारी मोक्तान । दावा पूर्व माओवादी । चुनाव उठेर पराजय बेहोरेका । कुमारी वाग्मती प्रदेशको सांसद । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्दा निर्वाचनमा पराजीत भएका दावालाई मन्त्री बनाए ।
जुन दिन प्रधानमन्त्री ओलीले दावालाई मन्त्री बनाए त्यही दिन दावाको पत्नी चाहिँ प्रदेशका मुख्यमन्त्री डोरमणि पौड्यालविरुद्ध अविश्वाशको प्रस्तावमा हस्ताक्षर धस्काउदै थिईन् । सिन्धुपाल्चोकको दावा र कुमारी माओवादी जनयुद्धकै बेला प्रेम विवाह गरेका । यस पटक पार्टी विभाजनको असर दावा र कुमारीको परिवारलाई समेत विभाजित गरिदिएको छ ।
बादल समूहमा रहेका दावा र कुमारीलाई मध्ये अहिले दावा केपी ओली नेतृत्वको नेकपामा छन् भने कुमारी प्रचण्ड माधव पक्षमा । स्रोतका अनुसार गृहमन्त्री बादलले दावा र कुमारी दुवैलाई आफ्नो पक्षमा आउन आग्रह गरेका थिए । दावा उता लागे मन्त्री पड्काए पनि कुमारी पूर्ववत समूहमै रहिन ।
केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरे लगत्तै तत्कालीन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसहित ७ जना मन्त्रीहरूले राजीनामा गरेपछि भएको मन्त्रीमण्डल फेरबदलमा लामा मन्त्री भएका थिए । तत्कालीन मन्त्री जगतबहादुर विश्वकर्मालाई हटाएर ओलीले लामालाई मन्त्री बनाएका थि। लोग्ने स्वास्नी अलग अलग खेमामा खुले पछि उनीहरुको ओछ्यान नै अलग भएको नेकपाको भित्री श्रोतले बतायो। खबर सेन्टरबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया