काठमाडौंको माइतीघरमा प्रधानमन्त्री ओलीको पुत्ला दहन – Nagarikabhiyan : National News

काठमाडौंको माइतीघरमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

काठमाडौं । काठमाडौंको माइतीघरमा एक समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जनाएका छन् ।

आज (सोमबार) माइतीघरमा भारतले लिपुलेकमा नेपाली क्षेत्रमा सडक बनाएको विरोधमा माइतीघरमा राष्ट्रिय सीमा रक्षा अभियान नामक संस्थाले प्रधानमन्त्री ओलीको पुत्ला जनाएका हुन् ।

यसैक्रममा प्रहरीले ३० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले लकडाउनको पालना नगरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको बताए । पक्राउ परेका सबैलाई पुलिस क्लबमा राखिएको छ ।