उपेन्द्र यादवलाई राजनीतिक रुपमा सिध्याउने रणनीतिमा ओली, यस्तो छ भित्रभित्रै भयंकर तयारी! – Nagarikabhiyan : National News

उपेन्द्र यादवलाई राजनीतिक रुपमा सिध्याउने रणनीतिमा ओली, यस्तो छ भित्रभित्रै भयंकर तयारी!

काठमाडौं । जनता समाजवादी पार्टी केन्द्रीय कार्यसमिति अध्यक्ष उपेन्द्र यादवसँग प्रधानमन्त्री केपी शर्मा ओलीको पुरानै असन्तुष्टि छ ।

सरकारमा हुँदा उपन्द्रले ओलीको भनेको नमान्ने, प्रमविरुद्ध अभिव्यक्ति दिने र असहयोग गर्ने काम गरेका थिए । पछि ओलीले मन्त्रालयहरु सारेर सरकारकाबाट हट्न बाध्य पारे । अंहमतामा देखाउने उपेन्द्रसँग ओलीको इगो अझै कायमै छ ।

यस्तो बेला प्रधानमन्त्री ओली उपेन्द्रलाई राजनीतिक रुपमा कमजोर बनाउने रणनीतिमा अगाडि बढेका छन् । ओलीले आफ्नो पार्टीमा उपेन्द्रका खास खास नेताहरुलाई समावेश गराउन छलफल अगाडि बढाएका छन् ।

ओलीले उपेन्द्रलाई राजनीतिक रुपमा सिध्याउने रणनीति लिएको उनीनिकट नेताहरु बताउँछन् । प्रम निकट स्रोतका अनुसार उपेन्द्र निकट प्रदेश २ का एक वरिष्ठ नेता पनि चाँडै नेकपामा प्रवेश गर्दैछन् । ओलीले आफ्नै हातबाट प्रवेश गराउने तयारी छ ।

यसअघि उपेन्द्रका खास मानिएका नेता डा. शिवजी यादव  पनि ओली समूहमा प्रवेश गरिसकेका छन् । ओलीले रातो कार्पेट बिछ्याएर स्वागत गरिरहेका छन् ।